• २४ असोज २०८२, शुक्रबार

मिनि पीसीएनएलसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

blog

मिनि पीसीएनएलसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनबारे जानकारी दिँदै वरिष्ठ युरोलोजिष्ट डा. सन्जय खड्गी ।

काठमाडौँ, असोज २४ गते । नेपालमा पहिलो पटक मिर्गौलाको पत्थरी निकाल्ने अत्याधुनिक प्रविधि (मिनि पीसीएनएल) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । 

सम्मेलन खड्की इन्सिटच्युट अफ इन्डोयुरोलोजी (आरुस लाइफस्टाइल अस्पताल)को आयोजनामा यही असोज २५ र २६ गते (शनिबार र आइतबार ) काठमाडौँमा हुन लागेको हो ।  

खड्की इन्सिटच्युट अफ इन्डोयुरोलोजीका मेडिकल डाइरेक्टर तथा वरिष्ठ युरोलोजिष्ट डा.सन्जय खड्गीले यस्तो खालको मिनि पीसीएनएल प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा पहिलोपटक हुन लागेको दाबी गर्नुभयो ।

सम्मेलनमा ४० देशका दुई सयभन्दा बढी विशेषज्ञ सहभागी हुने उहाँको भनाइ छ । सम्मेलनको लक्ष्य विशेषज्ञबिच शिपको आदन प्रदान गर्ने रहेको छ ।

उहाँका अनुसार सम्मेलनमा १४ जना पत्थरीका बिरामीको लाइभ शल्यक्रिया गरेर पत्थरी निकालिने छ । उहाँ भन्नुहुन्छ, “अस्पतालका दुई वटा शल्यक्रिया कक्षबाट मिनि पीसीएनएल प्रविधिको प्रयोग गरेर शल्यक्रियागरी मिर्गौलाको पत्थरी निकालिन्छ । शल्यक्रिया सम्मेलनमा सहभागिले प्रत्यक्ष लाइभ हेर्नसक्ने छन् । सोही समय शल्यक्रियाको विषयमा छलफल हुने छ ।”