• २४ असोज २०८२, शुक्रबार

विश्व दृष्टि दिवस : रौतहटमा १७८ जनाको आँखा परीक्षण

blog

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षण नेत्रमणि गिरि आँखा परिक्षण गराउनु हुँदै । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा 
रौतहट, असोज २४ गते ।
विश्व दृष्टि दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रौतहटमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ ।

नेपाल नेत्रज्योती संघ गौर आँखा अस्पताल पुरेनवाद्वारा जिल्ला प्रहरी कार्यालय गौरमा बिहीबार आयोजना भएको निःशुल्क आँखा परीक्षण शिविरमा एक सय ७८ जनाले आँखाको परीक्षण गराएको शिविरका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिनुभयो । आँखा परीक्षण गराउनेमा २६ जना महिला र एक सय ५२ जना पुरुष रहेको उहाँले बताउनुभयो । आँखा परीक्षणसँगै शिविरमा चश्मा, औषधी वितरण गरिएको जानकारी उहाँले दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक नेत्रमणी गिरी, प्रहरी अधिकृत, प्रहरी कर्मचारीहरु तथा केही सर्वसाधरणहरुले शिविरमा आँखाको परीक्षण गराएको गौर आँखा अस्पताल प्रशासन प्रमुख नागेश्वर प्रसाद चौधरीलेले जानकारी दिनुभयो  ।

आँखा परीक्षण गराउनु हुने ९३ जनालाई चश्मा, एक सय १७ जनालाई औषधी वितरण गरिएको छ । मोतियाविन्दु देखिएका आठ जनाको निःशुल्क शैल्यक्रिया गरिने नेपाल नेत्र ज्योती संघ रौतहटका अध्यक्ष एवम् आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विजयकुमार सिंहले बताउनुभयो । गौर आँखा अस्पतालका नेत्र चिकित्सक डा. विनिशा श्रेष्ठको टोलीले शिविरमा आँखा परीक्षण गरेको उहाँले जानकारी दिनुभयो  ।