• २३ असोज २०८२, बिहिबार

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री कार्कीको भेट

blog

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्की भेटवार्ता गर्नुहुँदै । फाइल तस्बिर

काठमाडौँ, असोज २३ गते। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री सुशीला कार्कीले भेट गर्नुभएको छ। 

बिहीबार मन्त्रिपरिषद्को बैठकलगत्तै प्रधानमन्त्री कार्की राष्ट्रपति निवास शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो।

राष्ट्रपति र प्रधानमन्त्रीबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आगामी निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको भेटमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो। रासस