• २३ असोज २०८२, बिहिबार

पौने चार सय कैदीबन्दी फर्के, तीन सय अझै फरार

blog

कैलाली कारागार ।

अविनाश चौधरी

धनगढी, असोज २३ गते । कैलाली कारागारबाट भागेका ३७३ जना कैदीबन्दी कारागार फर्केका छन् । स्थानीय प्रशासनले फर्कनका लागि तोकेको समय सीमासम्म सो सङ्ख्यामा कैदीबन्दी फर्केका हुन् । 

कारागारबाट फरार भएका कैदीलाई फर्कन स्थानीय प्रशासनले असोज २० गतेसम्मको समय सीमा दिएको थियो । फर्केकामध्ये ११ जना कैद भुक्तान गरेर छुटिसकेका छन् । 

कैदीबन्दीलाई फर्कन तोकिएको समय सीमा सकिएकाले नफर्केका कैदीबन्दीलाई अब पक्राउ गरिने जेलर चिरञ्जिवी सापकोटाले बताउनुभयो । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते कारागारबाट ६६६ जना कैदीबन्दी फरार भएका थिए । अझै २९२ कैदीबन्दी फरार रहेका छन् ।