• २३ असोज २०८२, बिहिबार

सामानसहितको कन्टेनर ट्रक प्रहरी नियन्त्रणमा

blog

प्रहरी नियन्त्रणमा रहेको सामानसहितको ट्रक ।

स्मिता अर्जेल 

मकवानपुरगढी, असोज २३ गते । बिल बिजकभन्दा बढी मालसामान लोड गरिएको एक कन्टेनर ट्रकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका –१५ स्थित रातोमाटेमा बिरगञ्जबाट हेटौंडातर्फ आउँदैगरेको लु.२ ख ४०४१ नम्बरको कन्टेनर ट्रकलाई शंका लागी रोकेर जाँचगर्दा उक्त समान बरामद गरेको हो । 

सो ट्रकमा बिल बिजकभन्दा बढी २८ लाख ७० हजार रुपियाँ बराबरको मालसामान रहेको प्रहरीले जनाएको छ । प्रहरीले सो मालसामान सहितको ट्रक र चालक पर्सा जिल्लाको बिरगञ्ज महानगरपालिका –१४, पिपरा बस्ने ४५ वर्र्षीय हिरालालप्रसाद कुर्मीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

नियन्त्रणमा लिइएका ट्रक र चालकलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको प्रहरीले जानकारी दिएको छ ।