• १६ चैत २०८०, शुक्रबार

बास्केटबलमा कीर्तिपुरको दोश्रो जित

blog

यू–२३ पुरुष बास्केटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौं, असार १६ गते । कीर्तिपुरले राष्ट्रव्यापी खेलकुद अन्तर्गत यू–२३ पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार लगातार दोश्रो जित हात पारेको छ । पहिलो खेलमा बुधबार कीर्तिपुरले आईएस नेपाललाई पराजित गरेको थियो । कीर्तिपुरको नयाँ बजारस्थित घरेलु कोर्टमा कीर्तिपुरले गोल्डेनगेटलाई ७९–६४ ले हरायो । कीर्तिपुरका पारस योञ्जनले २२ अंक जोड्नुभयो । गोल्डेनगेटका अभिषेक सिंहले १४ स्कोर गर्नुभयो । 

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा टाइम्स र बीएमकेले पनि सफलता हात पारे । टाइम्सले जेभियर इन्टरनेसनललाई ६७–५५ ले हरायो । टाइम्सका सुजन लिम्बूले १८ तथा टाइम्सका मनीष तामाङले १७ स्कोर गर्नुभयो । बलर्स एकेडेमी विरुद्धको खेलमा बीएमके ७१–४० ले विजयी भयो । बीएमकेका सोनामप्रयाग शेर्पाले १६ तथा बलर्सका साहिल तमुले २८ अंक जोड्नुभयो ।