• २३ असोज २०८२, बिहिबार

गाडीभित्र युवक मृत फेला

blog

नौरते नेपाली
सिँजा (जुम्ला), असोज २३ गते ।
जुम्लामा एक युवक गाडीभित्र मृत फेला परेका छन् । हिमा गाउँपालिका–१ आचार्यवाडामा बुधबार साँझ करिब ८ः३० बजे मुगुबाट सुर्खेततर्फ जाँदै गरेको एसएलएम गाडी नम्बर क.प्र. ०२–००१ ख ११८० को कोलियामा एक युवक मृत अवस्थामा फेला परेका हुन् ।

मृत युवा हिमा गाउँपालिका–१ आचार्यबाडाका २२ वर्षीय गणेश रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । घटनाबारे सूचना पाएपछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगेको र प्रारम्भिक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रबिन बाबु रेग्मीले बताउनुभयो ।

मृतकको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।