सन्तोष दहित
दाङ, असोज २३ गते । जेनजी आन्दोलनको क्रममा तुलसीपुर कारागारबाट भागेका २५३ कैदीबन्दीमध्ये ७८ कैदीबन्दीहरु अझै फरार रहेका छन् ।
२५३ मध्ये १५५ जना कैदीबन्दीहरु तुलसीपुर कारागारमा र २० जना कैदीबन्दीहरु जिल्ला बाहिरका कारागरमा आए पनि ७८ जना केन्दीहरु अहिलेसम्म फरार रहेको तुलसीपुर कारागार कार्यालयका जेलर गिरबहादुर सिजवालले जानकारी दिनुभयो ।
उहाँको अनुसार १७५ मध्य ८४ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरिएको थियो भने ९१ जना कैदीबन्दीहरु आफे कारागारमा फर्किका थिए ।
जेनजी आन्दोलनको क्रममा भदौ २३ गते बेलुकी १२४ जना र भदौ २४ गते दिउँसो १२९ जनासहित २५३ कैदीबन्दीहरु कारागारबाट भागेका थिए । फरार कैदीबन्दीहरूको खोजी भइरहेको जानकारी दिँदै जेलर सिजवालले जानकारी दिनुभयो ।