लुना लुइटेल मिस नेपाल वल्र्ड–२०२५ भएकी छन् । दी हिडेन ट्रेजरद्वारा आयोजित मिस नेपाल वर्ल्ड ३१ औँ संस्करणमा २६ वर्षकी लुना मिस नेपाल वर्ल्ड भइन् ।
लुनासँग २६ जनाले प्रतिस्पर्धा गरेका थिए । यस्तै मिस नेपाल कोस्मो दीपशिखा नेपाल भइन् भने मिस नेपाल इन्टरनेसनल उपाधि उरुषा भण्डारीलाई प्राप्त भयो । मिस नेपाल अर्थ सोनी घले बनिन् ।
मिस भएकी लुना अस्ट्रेलियाको सिड्नीमा रहेको एक कलेजमा ‘पब्लिक हेल्थ’ विषयको स्नातकोत्तर तहमा अध्यनरत छिन् । ‘लर्न, अर्न एन्ड रिटर्न’ आत्मविश्वासका साथ आफू लक्ष्य प्राप्तिमा लागेको भनाइ उनको छ ।
मिस नेपाल वर्ल्ड–२०२४ का विजेता आस्माकुमारी केसीले लुनालाई ताज पहिराइदिएकी थिइन् ।
–युवामञ्च