• २१ असोज २०८२, मङ्गलबार

जापानिज इन्सेफलाइटिसको सङ्क्रमण : पुसयता २९ जनाको मृत्यु

blog

साङ्केतिक तस्बिर

काठमाडौँ, असोज २१ गते । जापानिज इन्सेफलाइटिस को सङ्क्रमणबाट पुसयता २९ जनाको मृत्यु भएको छ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको तथ्याङ्क अनुसार पुस यता ४१ जिल्लाका १५१ जनामा सङ्क्रमण हुँदा २९ जनाको मृत्यु भएको हो । सङ्क्रमित मध्ये ८२ पुरुष र ६९ महिला छन् । 

लुम्बिनी प्रदेशका ११ जिल्लाबाट सबैभन्दा बढी ५१ जनामा सङ्क्रमण हुँदा १० जनाको मृत्यु भएको छ । गण्डकीमा पाँच, बागमती र कोशीमा चारचार जनाको मृत्यु भएको छ भने मधेशमा तीन जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेशमा दुई जनाको मृत्यु हुँदा कर्णली प्रदेशमा एक जनाको मृत्यु भएको छ । 

विश्व स्वास्थ्य सङ्गठनकी नेसनल सर्भिलेन्स अधिकृत डा. सोनिया भगतका अनुसार जापानिज इन्सेफलाइटिस भाइरस वा ब्याक्टेरीयाले लाग्ने मस्तिष्क सङ्क्रमण हो।

चिकित्सकका अनुसार खोप लगाएर रोग लाग्नबाट बच्न सकिन्छ। संक्रमण नियन्त्रणका लागि सरकारले जापनिज इन्सेफलाइटिस विरुद्धको खोप लगाउँदै आएको छ ।