• २१ असोज २०८२, मङ्गलबार

भेट्रान फुटबलको नयाँ मिति घोषणा

blog

काठमाडौँ, असोज २१ गते । काठमाडौँ महानगरपालिका वडा ७ को आयोजनामा हुने पाँचौँ वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरिएको छ । प्रतियोगिता असोज २५ देखि २९ गतेसम्म हुने भएको छ ।

यसअघि प्रतियोगिता भदौ २८ देखि असोज २ गतेसम्म हुने भनिएको थियो । भदौ २३ र २४ गतेको आन्दोलनका कारण प्रतियोगिता स्थागिता गरिएको थियो ।

प्रतियोगितामा १६ भन्दा बढी टिमको सहभागिता रहने आयोजक वडाका अध्यक्ष विमलकुमार होडाले जनाएका छन् । ४० वर्षमाथि उमेर समूहका सहभागी हुन पाउने प्रतियोगिता सिक्स ए साइड स्वरूपमा हुने छ ।

चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले रुपियाँ लाख र उपविजेताले ५० हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने छन् ।

सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट खेलाडी, गोलरक्षक र डिफेन्डरलाई जनही पाँच हजार रुपियाँबाट पुरस्कृत गरिने छ । नकआउटका आधारमा खेलाइने प्रतियोगिताका खेलहरू चन्द्रविनायक पार्क, चावहिल मैदानमा हुने छ ।