• २१ असोज २०८२, मङ्गलबार

गम्भीर घाइतेलाई हेलिकाेप्टरमार्फत उद्धार

blog

जिल्ला अस्पताल जाजरकोटमा उपचार सम्भव नभएपछि घाइतेलाई हेलिकाेप्टरमार्फत उदार गरी सुर्खेत लगिँदै । तस्बिरः सहदेव बस्नेत

सहदेव बस्नेत

जाजरकोट, असोज २१ गते । जाजरकोटमा नेपाली सेनाको हेलिकाेप्टरमार्फत एक गम्भीर घाइतेको उद्धार गरिएको छ । रुकुमपश्चिम सानीभेरी गाउँपालिका–४ घर भई हाल जाजरकोट भेरी नगरपालिका–१, रिम्नामा बिसि फर्निचर उद्योगका सञ्चालक ५४ वर्षीय नन्दराम बुढालाई उद्धार गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी हरिराम डाङीले आफ्नै फर्निचर उद्योगमा काम गर्ने सिलसिलामा विद्युतीय आरा मेसिनमा पर्न जाँदा निजको पेट काटिएर  गम्भीर घाइते भएको जानकारी दिनुभयो । 

घाइते भई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको, तर  उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकाेप्टरद्वारा सुर्खेत पठाइएको सूचना अधिकारी डाङीले बताउनुभयो ।