• २१ असोज २०८२, मङ्गलबार

बाढीपहिरोको क्षतिप्रति पाकिस्तानका प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

blog

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ

काठमाडौँ, असोज २१  गते ।  पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले नेपालमा बाढी र पहिरोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

      आज सामाजिक सञ्जाल एक्समार्फत उहाँले बाढीपहिरोमा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरुका परिवारमा गहिरो समवेदना प्रकट गर्नुभएको हो । उहाँले भन्नुभएको छ, “यस किन समयमा पाकिस्तान सरकार र यहाँका जनता नेपाल सरकार र नेपालीहरुसँग उभिएका छन् ।” रासस