• २१ असोज २०८२, मङ्गलबार

हिमालयन एभरेस्टले गर्‍यो बाइस करोड बिमा दाबी भुक्तानी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २१ गते । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिको २१ करोड ७४ लाख ४५ हजार ८३१ रुपियाँ दाबी भुक्तानी गरेको छ । उक्त कम्पनीले हालसम्म क्षतिपूर्ति दाबी गरिएका २८७ वटा दाबीमध्ये २४५ वटाका लागि उक्त रकम भुक्तानी गरेको जनाएको छ । 

उक्त दाबी भुक्तानी रकम जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिको अग्रिम तथा अन्तिम दाबी भुक्तानीबापत रहेको कम्पनीले जनाएको छ । नियामकीय प्रावधानभित्र रही सरल र सहज दाबी भुक्तानीका लागि कम्पनी प्रतिबद्ध रहेको दाबी विभाग प्रमुख रोजराज लुइटेलले बताउनुभयो । साथै उच्च प्राथमिकताका साथ भइरहेको दाबी भुक्तानी २१ गते मङ्गलबारबाट पुनः यथावत् हुने कम्पनीले जनाएको छ ।  

यसका साथै हिमालयन एभरेस्टमार्फत बिमा भई क्षतिपूर्तिको दाबी भुक्तानी बाँकी रहेका बिमितलाई आवश्यक कागजात र प्रक्रिया पु¥याई आफूलाई पायक पर्ने कम्पनीको नजिकको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्नसमेत कम्पनीले अनुरोध गरेको छ ।