• २० असोज २०८२, सोमबार

चार दिनदेखि बेपत्ता बालिकाको शव फेला

blog

यज्ञप्रसाद सापकोटा

गुलरिया(बर्दिया), असोज २० गते । चार दिनअघि बेपत्ता भएकी बर्दियाको गेरुवा गाउँपालिका वडा नं–५ झबहीकी १० वर्षीया भारती (एन्जल) देउवाको शव फेला परेको छ । उनको शव गुडी खोलाको किनारमा फेला परेको प्रहरीले जनाएको छ । 

भारती गत असोज १७ गते शुक्रबार करिब ३ बजे गेरुवा गाउँपालिका वडा नं–५ गणेशपुरस्थित आफन्तको घरमा विवाह भोज खान गएकी थिइन् । भोज खाएर उनी घर नफर्केपछि पीडित परिवारले प्रहरीलाई खबर गरेका थिए । 

बालिकाको खोजतलास गर्दै जाने क्रममा शनिबार सोही वडाको मुलापानी गुडिखोलामा साइकल फेला परेका थियो । बालिकाको खोजतलास गर्ने क्रममा गुडिखोलाको किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक देवेन्द्र मल्लले बताउनुभयो । 

घटनाको बारेमा थप अनुसन्धान गर्नका लागि इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरिक्षक कबिन्द्र सिंह बोहराको कमाण्डमा टोलि खटिएको उहाँले बताउनु भयो । शव खोजविनका लागि प्रहरीले कुकुर परिचालन गरेको थियो । 

स्थानीयबासीले बालिकाको मृत्यु शंकास्पद भएको बताउँदै आवश्यक अनुसन्धान गरि दोषीउपर कारवाही गर्नुपर्ने माग गरेका छन् । मृतकको शव परिक्षणको लागि नेपालगन्ज लैजाने तयारी भईरहेको प्रहरीले जनाएको छ ।