• २० असोज २०८२, सोमबार

बार्सिलोनालाई सेभियाको झट्का

blog

काठमाडौँ, असोज २० गते । स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको साविक विजेता बार्सिलोनालाई मध्यम टोली सेभियाको नमिठो झट्का लागेको छ ।

सेभियाको घरेलु मैदानमा आइतबार राति भएको खेलमा पाहुना टोली बार्सिलोना ४–१ गोलले स्तब्ध बन्यो । सेभियाको जितमा एलेक्सिस सान्चेजले १३औँ,  इसाक रोमेरोले ३६औँ, होजे एनहेल कार्मोनाले ९०औँ रआकोर एड्याम्सले इन्जुरी समयमा गोल गर्नुभयो ।

बार्सिलोनाका लागि मार्कस रासफोर्डले पहिलो हाफको इन्जुरी समयमा गर्नुभएको गोल सान्त्वना बन्यो । हारसँगै बार्सिलोनाले शीर्षस्थानमा उक्लने मौका गुमायो । आठ खेलबाट १९ अङ्क बनाएको बार्सिलोना दोस्रो स्थानमा छ ।

शीर्षस्थानमा रहेको रियल म्याड्रिडको समान खेलबाट २१ अङ्क छ । विजयी सेभिया १३ अङ्क जोड्दै छैटौँ स्थानमा छ । एजेन्सी