टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), असोज २० गते । धुर्कोट गाउँपालिकाले सरायँ हेर्न सार्वजनिक बिदा दिएको छ । धुर्कोट गाउँ कार्यपालिकाको भदौ ३० गतेको निर्णय अनुसार असोज २१ गते कोजाग्रत पूर्णिमाको दिन सार्वजनिक बिदा दिइएको धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिनुभयो ।
धुर्कोट गाउँपालिकाको ऐतिहासिक र सांस्कृतिक स्थल धुर्कोट कोतमा बृहत मेला तथा सरायँ नाच हुने भएकाले गाउँपालिका भित्र सार्वजनिक विदा दिने निर्णय भएको पन्थीले बताउनुभयो । कोजाग्रत पूर्णिमामा दसैको अन्तिम सरायँ हुने गर्दछ ।
पूर्णिमा दुई दिन परेकाले केही ठाउँमा आज सरायँ गरिएको छ । आज छत्रकोट गाउँपालिकाले पनि चोयगामा हुने सरायँको लागि सार्वजनिक बिदा दिएको छ ।