• २० असोज २०८२, सोमबार

व्यथाले छट्पाइरहेकी महिलाको हेलिकोप्टरमार्फत उद्वार

blog

फिदिम –१२ की लिस्सा तुम्रोकलाई उद्धार गरेर लैजाँदै नेपाली सेनाको हेलिकप्टर । तस्बिरः राधा लुइटेल

राधा लुइटेल 

फिदिम, असोज २० गते । बाढी र पहिरोका कारण सडक अवरुद्व हुँदा अस्पताल लैजान नसक्दा जीवन मरणको दोसाँधमा पुगेकी पाँचथरको फिदिम नगरपालिका –१२ की लिस्सा तुम्रोकको हेलिकोप्टरमार्फत उद्वार गरिएको छ ।

उहाँलाई नेपाली सेनाको हेलिकोप्टरले फिदिम –१२ पुल भञ्ज्याङबाट उद्धार गरेको हो । आइतबारदेखि सुत्केरी व्यथाले छटपटाइरहेकी उहाँलाई फिदिम नांगीन फालौट मार्गमा बाढी र पहिरोका कारण सडक अवरुद्ध हुँदा सुत्केरी गराउन लैजान कठिन भइरहेको थियो ।

यसैबिच जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालयको आग्रहमा आएको हेलिकोप्टरले उहाँको उद्धार गरेको छ । उहाँलाई झापाको बिएण्ड सि अस्पताल  लगिएको छ ।