• २० असोज २०८२, सोमबार

भिरबाट लडेर पुरुषको मृत्यु

blog

शंकर केसी

सल्यान, असोज २० गते । गोठालो गएको बेला भिरबाट लडेर सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा २ बुराँसेका ४५ वर्षीय मीनबहादुर कुंवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

आइतबार दिउँसो बुराँसे जङ्गलमा बाख्रा चराउन गएका मीनबहादुर भिरबाट करिब २० मिटर तल खसेर घाइते हुनुभएको थियो । उहाँलाई स्थानीयहरुले घाइते अवस्थामा फेला परेका थिए । प्रहरीका अनुसार घाइते अवस्थाका मीनबहादुरलाई  स्थानीय मेडिकलमा उपचारका लागि लगिएको भए पनि उपचार सम्भव नभएको भन्दै घरमै फिर्ता गरिएको थियो। 

आइतबार साँझ आफ्नै घरमा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिनुभयो । मृतक मृगीरोगी रहेको बताइएको छ । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।