• २१ असोज २०८२, मङ्गलबार

दाङमा आजदेखि सरकारी कार्यालय खुल्ने

blog

जिल्ला प्रशासन कार्यालय घोराही दाङ

सन्तोष दहित

दाङ, असोज २० गते । जिल्ला प्रशासन कार्यालय दाङले आजदेखि जिल्लाका सबै सरकारी कार्यालयहरूलाई नियमित रूपमा सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको असोज १८ गतेको पत्रका आधारमा जिल्ला प्रशासन कार्यालय दाङले असोज १९ गते एक सूचना जारी गर्दै स्थानीय तह तथा जिल्लास्तरीय कार्यालयहरूलाई सार्वजनिक सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो।

जिल्ला प्रशासन कार्यालयका प्रमुख विश्वप्रकाश अर्यालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “हालसम्म जिल्लाको अवस्था सामान्य रहेको हुँदा असोज २० गतेदेखि सबै सरकारी कार्यालयहरूले सार्वजनिक सेवा सञ्चालन गर्न र गराउन अनुरोध छ।” यसअघि भारी बर्षाको कारण असोज १९ र २० गते गृह मन्त्रालयले  देशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।