• २० असोज २०८२, सोमबार

सडक सुचारु, रोकिएका सवारीसाधन गन्तव्यतिर

blog

नारायणगढ मुग्लिन सडक खण्ड हुँदै गन्तव्यमा जाँदैगरेका सवारीसाधन । तस्बिरः शालिग्राम नेपाल

शालिग्राम नेपाल

चितवन, असोज २० गते । जोखिम कम गर्न राति रोकिएका सवारी साधनलाई विहान ६ बजेबाट गन्तव्यतर्फ पठाइएको छ । जिल्ला प्रशासन कार्यालयले राजधानी काठमाडौं, पोखरा जान तथा आउन राति ९ बजेपछि चितवनको सडक बन्द गरिएको थियो ।

मुग्लिन नारायणगढ र मुग्लिनदेखि काठमाडौंको सडक राति यात्रा गर्न जोखिम भएको भन्दै चितवनको सडकमा होल्ड गरिएको थियो । राति होल्ड गरिएको सवारीसाधन आज विहान ६ बजेबाट गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो । नारायणगढबाट पोखरा र काठमाडौं जाने सवारीसाधन नारायणगढको आपटारीमा रातभर रोकिएको थियो । 

पोखरा तथा काठमाडौंबाट तराइ आएका सवारी साधन चितवनको सिमाना मुग्लिनलगायतको स्थानमा राति रोकिएको थियो । पूर्व पश्चिम राजमार्ग भने यथावत सञ्चालन भएको छ ।