ठाकुरप्रसाद आचार्य
म्याग्दी, असोज १९ गते । म्याग्दीको बेनी नगरपालिका ९ तोरीपानी स्थित फाँटमा धानको बाला झुलेको हरियाली र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमालको सुन्दर दृश्य।
आइतबार बिहानदेखि मौसम खुल्न थालेपछि हिमश्रृङ्खलाको सुन्दर दृश्य देखिन थालेको छ । तोरीपानीबाट धौलागिरिका साथै अन्नपूर्ण, निलगिरी र माछापुच्छ्रे हिमालको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । धान पसाउन थालेपछि फाँटहरु सुन्दर देखिएका छन् । धानको हरियाली सँगै हिमालको सुन्दरताले वातावरण मनमोहक बनेको छ ।
म्याग्दी,