• १९ असोज २०८२, आइतबार

अलपत्र यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सले भैरहवाबाट काठमाडौँ उडान गर्ने

blog

फाइल तस्बिर

रुपन्देही, असोज १९ गते। अबिरल वर्षाको कारण अलपत्र परेका यात्रुलाई सहयोग गर्नेगरी नेपाल एयरलाइन्सले भैरहवा काठमाडौं चार्टड उडान गर्ने भएको छ। 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेका अनुसार नेपाल एयरलायन्सको १५८ सिटे जहाज राति ९ बजे रुपन्देहीबाट काठमाडौँ उड्ने भएको हो। 

नेपाल एयरलायन्सको चार्टड फ्लाइटका लागि एअरलायन्सका प्रतिनिधि अरुण पन्थी ९८५७०२३६७१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ। 

विपतको समयमा जनतलाई सेवा दिनेगरी नेपाल एयरलायन्सले भैरहवा काठमाडौं चाटर्ड उडान गर्न थालेको हो।