प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), असोज १९ गते । रौतहटमा करेन्ट लागेर २८ बर्षीय महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार करेण्ट लागेर मृत्यु हुनेमा चन्द्रपुर– ९ चेतनगर बस्ने दिनेश साहको श्रीमती पिन्कुदेवी साह रहेकी छन् ।
शनिबार राति ८ बजेर ४० मिनेटको समयमा आफ्नै घरको हैन््रडपाइपमा जडान विद्युतीय मोटर चलाउने क्रममा करेन्ट प्रवाह भइ साहको बायाँ हातमा करेन्ट लागेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक रुपा लाबुंगले जानकारी दिनुभयो ।
करेन्ट लागेपछि साहलाई उपचारका लागि चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक लाबुंगले बताउनुभयो ।