• १९ असोज २०८२, आइतबार

खोलाले बगाउँदा दुई जनाको मृत्यु

blog

बिष्णुप्रसाद पोखरेल

दमक, असोज १९ गते । झापामा अविरल बर्षासँगै आएको बाढीले बगाउँदा २ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार दिउँसो कन्काई नगरपालिका –४ कोटीहोममा माइखोलाको बिचभागको डिलमा घोप्टो परेको अवस्थामा शव फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार शरीरमा कपडा केही नभएको अवस्थामा भेटिएको शवको पहिचान हुन सकेको छैन । प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट बाढीले बगाएर शव ल्याएको हुनसक्ने अनुमान गरिएको उहाँले जनाउनुभयो ।

यसैगरी शनिवार बाह्रदशी गाउँपालिका वडा ४ मुन्सी कामत टोलका ६२ बर्षिय मंगलसिं मुर्मुको खोलाले बगाउदा मृत्यु भएको थियो । खोला तर्ने क्रममा मुर्मु चिप्लिएर लडेको बताइएको छ ।

खोला तर्नेक्रममा उहाँलाई बगाएको उद्धार गरेर अस्पताल लैजानका लागि घर लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएकोछ । घटनाको बिषयमा आवश्यक अनुसन्धान भइरहेको खड्कालले जानकारी दिनुभयो ।