कोकिला ढकाल
इलाम, असोज १९ गते । झापाको पाडाजुुंगीबाट इलामतर्फ ल्याइएको काबेली कोरिडोरका दुुईवटा विद्युत् टावरमा बाढीले क्षति पुुगेपछि इलाममा विद्युत सेवा अवरुद्ध भएको छ ।
१३२ केभी प्रसारण लाइन जोडिएको ३४ तथा ३५ नम्बरको टावरबाट तार झरेको र पाँचथरको थापाटारबाट फिदिम आउने १३२ केभी प्रसारण लाइनाम पनि फल्ट देखिएकाले विद्युत् अवरुद्ध भएको विद्युुत प्राधिकरण इलामले जनाएको छ ।
विद्युत सेवा अवरुद्धपछि जिल्लाका गाउँ–गाउँ सम्मको सञ्चार सम्बन्ध विच्छेद भएको छ । झापाबाट इलाम आउने मुख्य लाइनमै समस्या भएपछि अहिले पुरानो प्रसारण लाइनबाट विद्युत् ल्याउन मर्मत थालिएको प्राधिकरण इलामका प्रमुख बिजलीप्रसाद यादवले बताउनुुभयो । ‘अहिलेको नयाँ लाइन कहाँ–कहाँ बिग्रिएको छ, पत्ता लगाउनै गाह्रो छ । दमकबाट मर्मतका लागि जाने तयारी भए पनि बाटो अवरुद्धले सकिएको छैन,’ यादवले भन्नुभयो ‘अब पुरानो अर्थात् सुरुमा इलाममा प्रसारण गरिएको धुलाबारी, फिक्कल, गोदक हुँदै तिल्केनीको लाइन मर्मत गर्दैछौं । यो पनि कति ठाउँमा क्षति छ, बनाउन समय लाग्छ ।’