गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज १९ गते । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को नयाँ गीत रिलिज भएको छ । ‘मरौँ ज्यानले...’ बोलको गीत निर्माणपक्षले सार्वजनिक गरेको हो ।
गीतमा सुरेश बादलको शब्द रहेको छ । सुशान्त गौतमको सङ्गीत तथा स्वर रहेको छ । प्रेममा लिन भएको प्रेम जोडीको प्रेम, गीतमा समेटिएको छ । भिडियोमा चलचित्रका मुख्य दुई पात्र कामेश्वर चौरसिया र लक्ष्मी बर्देवाको प्रेम देखाइएको छ ।
असोज २४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अभिमन्युः च्याप्टर १’ नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुँदै छ । सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको ‘अभिमन्यु : च्याप्टर १’ मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा हुनुहुन्छ ।
सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु : च्याप्टर १’ को क्रिएटिभ निर्देशक मदन थापा हुनुनुहुन्छ । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ ।
‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुनुहुन्छ । रमेश चौलागाईं र हरि श्रेष्ठ सहनिर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहनुभएको छ ।