शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
स्याङ्जा, असोज १९ गते । पुतलीबजार नगरपालिकाले बालबालिकालाई पञ्चैबाजा उपलब्ध गराएको छ । नगरपालिकाले पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई बालबालिकालाई दिएको हो ।
पढ्दै कमाउँदै भन्ने योजना अनुरूप वडा नं.– १४, लामागेका बालबालिकालाई नेपालीको मौलिक बाजा पञ्चैबाजाको सेट उपलब्ध गराएको नगरप्रमुख तुलसीराम रेग्मीले बताउनुभयो । उहाँले पञ्चैबाजामा प्रख्यात लामागेको नाम अबका बालबालिकाले नामलाई टिकाइराख्न रेग्मीले सुझाव दिनुभयो ।
पञ्चैबाजा, नेपाली धार्मिक एवं सांस्कृतिक बाजाका रूपमा प्रयोग हुँदै आएको मौलिक बाजा हो । यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ ।