भक्तिविलास पोखरेल
गाईघाट, असोज १८ गते । अविरल वर्षासँगैे उदयपुरको त्रियुगा नगरपालिका वडा ५ दमौटीस्थित स्थानीय अम्मि खोलाको बाढीले बगाएर एक बालिकाको शनिवार मृत्यु भएको छ ।
स्थानीय उज्जन राईको ३ वर्षीया छोरी रेविका राईलाई उक्त खोलामा आएको बाढीले बगाउदा नीजको मृत्यु भएको हो ।
त्रियुगा नगरपालिका वडा ५ का वडा अध्यक्ष उध्दव थापाका अनुसार खोलाको छेउमा खेल्दै गरेको अवस्थामा माथिबाट एक्कासि आएको बाढीले बगाएको र करिव डेढ किलोमिटर तल मृत अवस्थामा निजको सव फेला परेको हो । घटनास्थलमा पुगेको प्रहरी टोलिले कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमका लागि मृतकको शव उदयपुर जिल्ला अस्पताल लगिएको वडा अध्यक्ष थापाले बताउनुभयो ।