काठमाडौं, असोज १८ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने तथा यहाँबाट बाहिरिने सवारी साधन आगामी तीन दिनसम्म सञ्चालन नगर्न सम्बद्ध सबैपक्षसँग आग्रह गरेको छ ।
प्राधिकरणले आज सार्वजनिक सूचना जारी गरेर भारी वर्षाका कारण पहिरो, डुबान र बाढीको जोखिम बढ्ने भएकाले आगामी तीन दिन सवारी साधन सञ्चालन नगर्न सम्बद्ध पक्षलाई अनुरोध गरिएको तथा त्यसको अनुगमन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई आग्रह गरिएको जनाएको छ । रासस