• १८ असोज २०८२, शनिबार

उच्च सतर्कता अपनाउन प्रशासन कार्यालयको आग्रह

blog

मनसुनजन्य विपदका हुनसक्ने जोखिम क्षेत्रको स्थलगत अवलोकन गर्नुहुदै जिल्लास्थित सुरक्षा अधिकारीहरु । तस्बिरः भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल

गाईघाट, असोज १८ गते । जिल्ला प्रशासन कार्यालय उदयपुरले बाढीको जोखिमममा रहेका स्थानीय तहहरुलाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले सार्वजनिक विज्ञप्ति जारी गरी शनिवारदेखि सोमवारसम्म मनसुनजन्य विपदको प्रकोप हुनसक्ने भएकाले  जिल्लाका आठवटै पालिकाहरुलाई सतर्क रहन आग्रह गर्नुभएको हो ।

यसैबिच प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको टोलीले उदयपुरमा बाढीबाट हुनसक्ने सबैभन्दा उच्च जोखिममा रहेको बेलका नगरपालिकाको वडा १, वडा २ र वडा ३ का आमवासी, बाँनडाडा, भागलपुर, गलफडिया र मानेडाँडा क्षेत्रको शुक्रवार स्थलगत अवलोकन गरी प्रकोप नियन्त्रणका लागि आवश्यक रणनीति तयार गरिएको प्रजिअ लुईटेलले बताउनुभयो ।

यद्यपि उदयपुरमा विहानैदेखि सिमसिमे पानी परे पनि भल बाढी बग्ने किसिमको ठुलो पानी भने परेको छैन ।