• १८ असोज २०८२, शनिबार

बन्धक मुक्तिका लागि वार्ता गर्न हमास सहमत

blog

सन् २०२५ अक्टोबर २ मा इजरायली सैन्य अभियानका क्रममा गाजा सिटीमा देखिएको धुवाँ, मध्य गाजाबाट खिचिएको दृश्य। फोटोः रोयटर्स/दाउद अबु अलकास

काठमाडौँ, असोज १८ गते । हमास समूहले आफ्ना नियन्त्रणमा रहेका सबै इजरायली बन्धकलाई मुक्त गर्न वार्ताका लागि सहमति जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

राेयटर्सका अनुसार, हमासले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजा शान्ति योजनाअन्तर्गत सबै बन्धकको रिहाइबारे छलफल गर्न तयार भएको स्पष्ट पारेको छ। समाचारमा भनिएको छ-हमास वार्तामार्फत विवरण तय गर्न चाहन्छ ।

एसाेसिएट प्रेस (एपी) ले पनि हमासले ट्रम्पको योजनाका केही अंश स्वीकार गरिसकेको भए पनि अन्य केही बुँदाबारे अझै छलफल आवश्यक हुने बताएकाे उल्लेख गरेको छ ।

त्यस्तै, द गार्जियनले इजरायललाई गाजामा आक्रमण तत्काल रोक्न अमेरिकी पक्षले आह्वान गरेको र हमासले बन्धकको रिहाइका लागि सहमति जनाइसकेकाले आगामी दिनमा वार्ताले नयाँ मोड लिन सक्ने जनाएको छ।

हमासले ‘तत्काल वार्ता’ सुरु गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको उल्लेख गर्दै यो कदमलाई दीर्घकालीन शान्ति प्रक्रियाको सम्भावित सुरुवातका रूपमा व्याख्या गरेको छ।

यद्यपि,बन्धक मुक्तिका शर्त र विवरण अझै स्पष्ट भएको छैन । 

इजरायलले भने वार्ता केवल बन्धकको तत्काल रिहाइमा केन्द्रित हुनुपर्ने अडान लिएको छ।

अन्तर्राष्ट्रिय समुदायले यो सहमतिको स्वागत गर्दै यसलाई शान्ति प्रक्रियातर्फको सकारात्मक संकेतको रूपमा मूल्याङ्कन गरेको छ।

एपी/राेयटर्स/द गार्जियन