• १७ असोज २०८२, शुक्रबार

सप्तरीमा सवारी दुर्घटनामा वृद्धाको मृत्यु

blog

विनय कर्ण

कल्याणपुर (सप्तरी), असोज १७ गते। सप्तरीको तिरहुत गाउँपालिकामा सवारी दुर्घटनामा परेर एक वृद्धाको मृत्यु भएको छ।

गाउँपालिकाको वडा नम्बर १ धनपुरीस्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटनामा परेर एक वृद्धाको मृत्यु भएको हो।

काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बा.प्र ०३-००१ ख २५८२ नम्बरको हाईसले बाटो क्रस गर्दै गरेकी ७५ वर्षीया जगिया देवी पंजियारलाई शुक्रबार ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएकी उहाँलाई उपचारका लागि बिराटनगर पठाइएकोमा बिराट नर्सिङ होममा चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो।

दुर्घटनामा संलग्न हाईस र चालक धादिङको बेनिघाट रोराङ गाउँपालिका ४ का ४० वर्षीय मदन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो।