• १६ असोज २०८२, बिहिबार

टेबलपंखा मर्मत गर्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

blog

विनय कर्ण

कल्याणपुर (सप्तरी), असोज १६ गते । टेबल पंखा मरमत गर्ने क्रममा सप्तरीको बलानबिहुल गाउँपालिमा करेन्ट लागेर घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

गाउँपालिकाको वडा नम्बर ३ निवासी ४८ वर्षीय देवकान्त मण्डलको करेन्ट लागेर मृत्यु भएको हो।

बुधबार राति आफ्नै सुत्ने कोठामा टेबलपंखा मर्मत गर्ने क्रममा करेन्ट लागेर घाइते हुनुभएका उहाँलाई उपचारका लागि  लहानस्थित सप्तऋषि अस्पताल लगिएको थियो। तर, चिकित्सकले राति मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर पुरीले जानकारी दिनुभयो ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लहानको शवगृहमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि बुधबार नै सप्तरीको कञ्चनरुप नगरपालिकाको वडा नम्बर ७ स्थित मनिरको हाडवेयर पसलमा काम गर्ने सोही ठाउँका २३ बर्षीय मो राजाबुलको करेन्ट लागेर मृत्यु भएको थियो ।