• १५ असोज २०८२, बुधबार

वडाध्यक्ष खत्रीले जित्नुभयो ठेलो हान्ने प्रतियोगिता

blog

ठाकुर प्रसाद आचार्य 

म्याग्दी, असोज १५ गते। म्याग्दीको धवलागिरि गाउँपालिका ७ का वडाध्यक्ष अशोक खत्रीले ठेलो हान्ने प्रतियोगिताको उपाधि जित्नुभएको छ। 

स्थित ताकम कोतमा दसैँको अवसरमा बुधबार आयोजना गरिएको ठेलो हान्ने प्रतियोगिताको उपाधि खत्रीले हात पार्नुभएको हो। 

धवलागिरि गाउँपालिका ७ का वडाध्यक्ष खत्रीले सो प्रतियोगिता दशौं पटक जित्नुभएको हो। प्रसिद्ध धार्मिकस्थल ताकमकोतमा दसैँमा ठेलो फाल्ने प्रतियोगिता अझै कायम छ।

तत्कालीन थापा राजाको पालाबाट सुरु भएको ठेलो फाल्ने संस्कृतिलाई ताकमवासीले आठ सय वर्षदेखि निरन्तरता दिँदै आएका छन्। 

दसैँको महानवमी पर्वका अवसरमा हुँदै आएको ठेलो फाल्ने प्रतियोगितालाई यहाँका स्थानीयले अझै जीवित राखेका छन्। 

हरेक वर्ष आयोजना हुने प्रतियोगितामा विजेता घोषणा गरिन्छ। यस वर्ष पनि नवौँ पटकका विजेता वडा नम्बर ७ ताकमका वडाध्यक्षसमेत रहनुभएका खत्री विजयी हुनुभएको हो।