• १५ असोज २०८२, बुधबार

प्रधानमन्त्री कार्कीले दसैँको टीका नलगाउने

blog

प्रधानमन्त्री सुशीला कार्की । फाइल तस्बिर

काठमाडौँ, असोज १५ गते । प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको दसैँमा यसवर्ष टीका नलगाउने बताउनुभएको छ ।

दसैँ हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण भएको भन्दै उहाँले टीका नलगाउने बताउनुभएको हो । उहाँले मृतक र धेरै घाइतेको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कार्कीको सचिवालयले पीडाको यस अवस्थामा उहाँले टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाउने स्पष्ट गरेको छ ।