• १५ असोज २०८२, बुधबार

सडक विस्तारलाई जोड दिँदै तिला

blog

फाइल तस्बिर ।

जुम्ला, असोज १५ गते । तिला गाउँपालिकाले सडक विस्तारलाई पहिलो प्राथमिकतामा राखेर तदनुरुप काम गरिरहेको छ । पालिका क्षेत्रका पाँचवटा सडक निर्माणका निम्ति बोलपत्र आह्वान गरिएको छ। 

सङ्घीय सरकारको समपूरक बजेटबाट गाउँपालिकाका पाँचवटा सडक बनाउन बोलपत्र आह्वान गरिएको गाउँपालिकाका इञ्जिनियर सुरेन्द्रसिंह साउदले जानकारी दिनुभयो । 

गाउँपालिकाको–१ सेरीबजार–रारा गाउँहुँदै वासथाप्लासम्म सडक स्तरोन्नति, वडा नं ३ को कुडारी काटेपुलदेखि–लौरुसम्म ग्रामीण कृषि सडक निर्माण, वडा नंं ६, ७, ८ र ९ को ग्रामीण कृषि सडकअन्तर्गत राँसादेखी घोडेसुडी–मानेचौर राँसा हुँदै खोप्री कयरकोट तथा वडा नं ३ र ५ अन्तर्गत कुडारीदेखि डुङ्गरिसम्मको सडक स्तरोन्नति लागि बोलपत्र आह्वान गरिएको हो । 

गाउँपालिकाको नौली घट्टदेखि कुलापाटासम्म तटबन्धन पनि निर्माण गरिने जानकारी उहाँले दिनुभयो । रासस