कन्हैयालाल केशरी
पर्सा, असोज १५ गते । वीरगञ्जस्थित दसैँ मेला क्षेत्रको माईस्थानदेखि गीता मन्दिर रोडमा मंगलबार राति लगभग १२ बजे भएको ग्याङ फाइट (दुई समूहबीचको झडप) मा परेर एक जनाको मृत्यु नारायणी अस्पताल मा उपचारका क्रममा भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
मृत्यु हुनेमा बारा जिल्ला परवानीपुर गाउँपालिका वडा ५ बहुअरीका २२ वर्षीय शिवम् साहस कानु भन्ने गोल्डेन खान रहेका छन्। शिवम् हाल बीरगञ्ज महानगरपालिका वडा नम्बर १० मा डेरा गरी बस्दै आएको र पेशाले ई रिक्सा चालक थिए।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकले घटनामा संलग्न रहेको आरोपमा दस जनालाई पक्राउ गरीएको भए पनि हत्यामा संलग्न रहेको दुई जनाको पहिचान खुलेको छ । हाल सबै कुरा अनुसन्धानमा रहेको र पोस्टमार्टम को रिपोर्ट पनि न आएकाले हत्याको कारण तथा नाम सार्वजनिक गर्न नमिल्ने जानकारी दिनुभयो।