• १५ असोज २०८२, बुधबार

युवक मृत फेला

blog

सुजल श्रेष्ठ

प्युठान, असोज १५ गते । प्युठानमा एक जना युवक मृतक फेला परेका छन् । गौमुखी गाउँपालिका वडा ६ लिवाङका २६ वर्षीय प्रकाश सुनार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

लिवाङको कोटघरदेखि तल मोटरबाटोमा सुनार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक केशव केसीेले जानकारी दिनुभयो । मृतकको टाउकोमा चोट देखिएको घटनास्थलमा पुग्नुभएका प्रहरी निरीक्षक केसीले बताउनुभयो । 

घटना मंगलबार राती भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीलाई विहान करीव ६ बजे सूचना भएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको केसीले बताउनुभयो ।