• १५ असोज २०८२, बुधबार

गोली लागेको अवस्थामा चितुवा मृत फेला

blog

गोली लागेर मरेको अवस्थामा रहेको चितुवा ।

बोमलाल गिरी

नवलपुर, असोज १५ गते । नवलपुरको मध्यविन्दु नगरपालिका ६ को तल्लो टाँडीस्थित दुर्गा सामुदायिक वनमा मृत चितुवा फेला परेको छ । टाउको, घाँटी र दाहिने खुट्टामा गोली लागेर मरेको अवस्थामा अन्दाजी चार वर्षको पोथी चितुवा फेला परेको डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत भेषबहादुर महतोले जानकारी दिनुभयो । 

प्रारम्भिक जानकारीअनुसार सिकारीले गोली हानेपछि भौतारिँदै बाँसको झ्याङमा आएर चितुवा मरेको हुन सक्ने महतोले बताउनुभयो। वनमा चितुवा मृत देखेपछि स्याउला काट्न गएकाहरुले वन कर्माचारीलाई खवर गरेका थिए । मृत चितुवालाई वनका कर्मचारी, प्रहरी, स्थानीय र पत्रकारको रोहबरमा मुचुल्का उठाई पोष्मार्टमका लागि डिभिजन वन कार्यालयमा राखिएको छ।

चितवन राष्ट्रिय निकुञ्ज, कसराबाट प्राविधिक टोली आएपछि पोष्मार्टमपछि चितुवालाई गाडिने छ । सिकारीले गोली हानी मारेको हुन सक्ने भन्दै जिल्ला प्रहरी कार्यालयले अनुसन्धान कार्य अघि बढाएको जनाएको छ ।