• १५ असोज २०८२, बुधबार

मनकामना केबलकार तीन दिन बन्द गरिने

blog

मुग्लिन (चितवन), असोज  १५ गते ।  मनकामना केबलकार आजदेखि तीन दिन बन्द गरिने भएको छ । केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिने जानकारी दिनुभयो । असोज १८ गतेदेखि पुनःनियमित सेवा सञ्चालनमा आउने उहाँले बताउनुभयो । 

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना केबलकार सञ्चालन भइरहेको छ । यो नेपालको पहिलो केबलकार हो । रासस