• १५ असोज २०८२, बुधबार

ईभी माइक्रो दुर्घटना, नौ जना घाइते

blog

बोमलाल गिरी

नवलपुर, असोज १५ गते । नवलपुरबाट काठमाडौं जाँदैगरेको ईभी माइक्रो गएराति चितवको इच्छाकामना गाउँपालिका ६ दुई नम्बर पुलनजिक दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ ।

बा ४ ख ११४० नम्बरको बिग्रेर रोकिराखेको र्‍याकरमा बागमती प्रदेश ०६-००१ ज ००६९ नम्बरको ईभी माइक्रो ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी, प्रहरी नायव उरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।

घाइते सबै नवलपुरको देवचुली नगरपालिकाका वासिन्दा हुन् । दुर्घटनामा ८१ वर्षीय तुकबहादुर क्षेत्री, ७८ वर्षीया एकमाया क्षेत्री, २५ वर्षीय आशाकुमारी महतो, ३० वर्षका प्रेम महतो, २६ वर्षीया देवीमाया महतो, उहाँकी छोरी ६ वर्षीया बिहानी महतो, ४४ वर्षकी रन्जित महतो, ४१ वर्षकी ज्योति महतो र माइक्रोधनी कावासोती नगरपालिका ८ का ४० वर्षका रबि गुरुङ रहेको खनालले जानकारी दिनुभयो । घाइतेमध्ये तुकबहादुरको अवस्था गम्भीर रहेको बताइएको छ।