• १४ असोज २०८२, मङ्गलबार

राष्ट्रपति पौडेलले गर्नुभयो नक्साल भगवतीको दर्शन

blog

राष्ट्रपति रामचन्द्र पौडेल नक्साल भगवतीको दर्शन गर्ने क्रममा । तस्बिर : राष्ट्रपतिको सचिवालय

काठमाडौं, असोज १४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकामा रहेका महत्वपूर्ण शक्तिपीठ मध्येको नक्साल भगवतीको  दर्शन गर्नुभएको छ । महाअष्टमीका अवसरमा मंगलबार राष्ट्रपति पौडेलले काठमाडौंको नक्साल भगवतीमा प्रथम महिला सविता पौडेलसहित पुगेर दर्शन गर्नुभएको हो । 

अघिल्ला वर्षमा शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी ईन्द्रयणी  पुगेर पूजा आराधना र दर्शन गर्ने गरेको भए पनि यो पटक नक्साल भगवतीको मात्र दर्शन गर्नुभएको र अन्य शक्तिपीठमा भेटी पठाएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

दसैँका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ ।