• १४ असोज २०८२, मङ्गलबार

बालबालिकालाई पञ्चेबाजा सहयोग

blog

बालबालिकालाई पञ्जेबाजा हस्तान्तरण गरिदै । तस्बिरः अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, असोज १४ गते । पुतलीबजार नगरपालिकाले बालबालिकालाई पञ्चेबाजाको सेट उपलब्ध गराएको छ । नगरपालिकाले पञ्चेबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई बालबालिकालाई उपलब्ध गराएको हो ।

पढ्दै कमाउदै योजनाअनुरुप वडा –१४ लामागेका बालबालिकालाई नेपालीहरुको मौलिक बाजा पञ्चेबाजाको सेट उपलब्ध गराएको नगरप्रमुख तुलसीराम रेग्मीले बताउनुभयो । उहाँले पञ्चेबाजामा लामागेको नाम जताजतै प्रख्यात रहेझै अवका बालबालिकाले पनि सो नामलाई टिकाइ राख्न रेग्मीले सुझाव दिनुभयो । 

अध्ययन सँगसँगै अतिरिक्त सिकेका अन्य क्रियाकलापले मानिसलाई जाँगरिलो एवं उद्यमशील बनाउने प्रमुख रेग्मीको भनाइ छ । पञ्चेबाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रूपमा प्रयोग हुदैआएको मौलिक बाजा मानिन्छ ।