• १४ असोज २०८२, मङ्गलबार

समुन्नत राष्ट्र निर्माणमा सघाउन नेता नेपालको आग्रह

blog

काठमाडौँ, असोज  १३ गते ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विविधताले भरिपूर्ण नेपाली समाजमा सबै जाति तथा समुदायका संस्कृतिको संरक्षणबाट एकापसमा सहयोग, सद्भाव र सामाजिक एकता अभिवृद्धि हुने बताउनुभएको छ ।  

बडा दसैँका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले स्वदेश तथा तथा विदेशमा रहेका सम्पूर्ण नेपाली शुभकामना व्यक्त गर्दै समुन्नत नेपाल निर्माणका निम्ति सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिनुभएको छ । 

साथै अध्यक्ष नेपालले जनचाहनाअनुरूप स्थापित लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको रक्षा गर्दै तोकिएको मितिमा निर्वाध निर्वाचन गराउने वातावरण तयार गर्न समाजका सबै  पक्षसँग आग्रह गर्नुभएको छ । रासस