• १४ असोज २०८२, मङ्गलबार

रिडीमा अस्थायी प्रहरी पोस्ट स्थापना

blog

रमेश विश्वकर्मा

गुल्मी, असोज १४ गते । गुल्मीको रिडीमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने उद्देश्यसहित यहाँ अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको हो । 

आर्थिक वर्ष २०८२–८३ को स्वीकृत बजेट अन्तर्गत निर्माण गरिएको सो पोस्टको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नारायण प्रसाद अधिकारीले उद्घाटन गर्नुभयो । 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी उपरीक्षक अधिकारीले गुल्मीमा अपराध न्यूनीकरण, शान्ति–सुरक्षा प्रवद्र्धन र नागरिक–प्रहरी बीचको एकता र सहकार्यलाई सुदृढ गर्न अस्थायी प्रहरी पोस्टले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । त्यस अवसरमा रुरुक्षेत्र गाउँपालिका‐१ का वडाध्यक्ष नवराज बिकले धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र रिडी र त्यस वरिपरीको क्षेत्रको सुरक्षामा प्रहरी पोस्टले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

रिडी क्षेत्र वरिपरीको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउनुका साथै कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग क्षेत्रमा सञ्चालनहुने सवारी आवागमनलाई समेत सुरक्षित र सुव्यवस्थित बनाउने अपेक्षा राखिएको ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरिक्षक कपिल शाहीले जानकारी दिनुभयो।