• १४ असोज २०८२, मङ्गलबार

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

blog

नवीनराज कुँइकेल

लमजुङ, असोज १४ गते । लमजुङको राईनासमा मोटरसाईकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मोटरसाईकल पछाडि सवार एक युवक गम्भीर घाइते भएका छन् ।

सोमबार राति करिब पौने १२ को समयमा राइनास नगरपालिका –३ नौबिसेस्थित पाउदी–बोराङखोला सडक खण्डमा भएको मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएको हो । टिमुरेबाट सातबिसेतर्फ जाँदैगरेको ग २४ प १६३० नम्वरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट दायाँपट्टि नालीमा पल्टिन जाँदा गम्भीर घाइते हुनुभएका मोटरसाईकल चालक राइनास –३ टिमुरेका २३ बर्षिय समिर ठकुरीको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार दुवै घाइतेलाई स्थानीयको सहयोगमा प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि सहोदर अस्पताल धमिलिकुवामा पठाएकोमा चालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए । 

पछाडि सवार घाइते बर्ष २६ का देवराज ठकुरीको सामान्य उपचार पश्चात थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी राजकुकार साहले जानकारी दिनुभयो ।