बोमलाल गिरी
नवलपुर, असोज १४ गते । नवलपुरमा मादक पदार्थ सेवन गरेर एक जनाको मृत्यु भएको छ । सोमबार राति अत्यधिक मादक पदार्थ सेवनगरी सुतेका हुप्सेकोट गाउँपालिका –३ पाटाचोकका ३६ वर्षीय करण बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।
आफ्नै दिदी भिनाजु राजु बिकको घरमा बस्दै आउनुभएका बिकले सोमबार राति अत्यधिक मादक पदार्थ सेवन गरी सुतेको र बिहान पौने ९ बजे मृत फेला परेको परिवारलाई उदृत गर्दै नेपालले जानकारी दिनुभयो । उहाँको शव पोष्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा राखिएको छ । घटनाबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।