• १४ असोज २०८२, मङ्गलबार

मृत अवस्थामा एक पुरुष फेला

blog

गणेश खनाल

अर्घाखाँची, असोज १४ गते । जिल्लाको सन्धिखर्क नगरपालिका –९ नौलापानी बाँगीखोला छेउमा मृत अवस्थामा एक व्यक्ति फेला परेका छन् । अर्घाखाँची सन्धिखर्क नगरपालिका ९ फेरबाङ शान्तिटोल बस्ने बर्ष ५३ को रेमबहादुर क्षेत्रीको शव फेला परेको हो । 

घरबाट गोठ बनाउने काठ लिन जान्छु भनि हिडेका अबेरसम्म घरमा नआएकाले खोज्दै जाँदा मंगलवार विहान खोलाको किनारमा मृत अवस्थामा क्षेत्री फेला परेको स्थानीयले बताएका छन् । शवलाई पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवश जिसिले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान गरिरहेको सूचना अधिकृत झलक शर्माले बताउनुभयो ।