विकास देशका सबै तह र तप्काका नागरिकको जीवनका विविध आयाममा आउने सङ्ख्यात्मक वृद्धि र सकारात्मक परिवर्तन हो । यस्ता आयाममा शिक्षा, स्वास्थ्य, रोजगारी, आयआर्जन र राजनीतिक सहभागिताको उच्च स्थान रहेको हुन्छ । देशको जनसङ्ख्यामा विभिन्न उमेर समूहको उपस्थिति रहने गर्छ । देश विकासका लागि यस्ता सबै समूहको महŒव हुने गरे पनि युवा समूहको विशेष महŒव हुने गर्छ । नेपालमा १६–४० वर्ष उमेर समूहको जनसङ्ख्यालाई युवा मानिएको छ । यो समूह बेजोड शक्ति, अदम्य साहस, ऊर्जा, सामथ्र्य, अकल्पनीय सम्भावना र सपना भएको समूह हो । यो यथास्थितिमा रहन सक्दैन; प्रगति, परिवर्तन र रूपान्तरण यसको मौलिक स्वरूप हो । यही उमेरको गुणस्तरले आगामी जीवनको अवस्था निर्धारण गर्छ । अर्थात् यो असल जीवनका लागि तयारी गर्ने समय हो । स्वामी विवेकानन्दलगायतका केही पूर्वीय दर्शनका आध्यात्मिक गुरुले युवालाई ईश्वरको पनि विशेष कृपा, विश्वास र मार्गदर्शन रहने बताएका छन् । युवा नै भविष्यको नयाँ नेपालका निर्माता हुन् । भोलिका बा हुन् । देशको विकास यही समूहमार्फत यही समूहकै लागि गरिन्छ ।
विसं २०७८ को जनगणना अनुसार नेपालको जनसङ्ख्याको ४२ प्रतिशत हिस्सा युवाको रहेको छ । यसमा ६४ वर्ष उमेरसम्मको जनसङ्ख्यालाई पनि थप्ने हो भने आर्थिक रूपले सव्रिmय जनसङ्ख्याको हिस्सा कायम हुन आउँछ । यस्तो हिस्सा ६५.५ प्रतिशत (जसमा ८२ लाख पुरुष र ७५ लाख महिला) भन्दा बढी रहेको अनुमान गरिएको छ । यस्तो अवस्था जनसाङ्ख्यकीय लाभको अवस्था भएकाले यही श्रमशक्तिको प्रयोग गरेर देशको विकास गर्नु आवश्यक हुन्छ । विसं २०७८ बाट सुरु भएको यो लाभ नेपालले आगामी २६ वर्षसम्मका लागि प्राप्त गर्ने जनसङ्ख्या विश्लेषकहरूको अनुमान छ । यही २६ वर्ष नेपालको विकसित देश बन्ने सपना पूरा गर्ने समय हो । यस्तो अमूल्य श्रमशक्तिलाई परिचालन तथा उपयोग गर्न सकिएन वा अवसर प्रदान गर्न सकिएन भने देश विकासको पथमा अगाडि बढन सक्दैन । नेपालले विगत केही वर्षयतादेखि यस्तो ऊर्जाको उपयोग गर्न नसक्दा विकासमा पछाडि परेको छ र विभिन्न नामका तर एउटै उद्देश्यका युद्ध, व्रmान्ति र आन्दोलनको सामना गरेको छ । हालैको जेनजी आन्दोलनलाई यही शृङ्खलाको पछिल्लो च्याप्टरका रूपमा लिनु जरुरी छ ।
बहुदलीय व्यवस्थाको स्थापनापछाडिका करिब ३६ वर्षमा नेपालले सबै युवाको विकास र परिचालनमा पर्याप्त ध्यान नदिएको स्पष्ट छ । केही धनी सहरिया परिवारका युवाले गुणस्तरीय स्वास्थ्य, शिक्षा, रोजगारी र स्वदेश तथा विदेशमा रोजगारीका अवसर प्राप्त गरेको भए पनि यस अवधिमा सार्वजनिक शिक्षा र स्वास्थ्यको गुणस्तर खस्केको छ । आयातमाथिको अत्यधिक परनिर्भरताले गर्दा स्वदेशी उत्पादन नहुँदा युवाले देशभित्र रोजगारी र आयआर्जनका अवसरबाट पनि वञ्चित हुनु परेको छ । प्रत्येक वर्ष पाँच लाखको सङ्ख्यामा श्रम बजारमा प्रवेश गर्ने जनशक्तिका लागि युवालक्षित रोजगारीका व्यापक अवसर पनि यस अवधिमा सिर्जना गर्न सकिएन । निजी र सार्वजनिक शिक्षाको गुणस्तरमा रहेको भिन्नताले युवाको आयमा पनि ठुलै भेदभाव रहन गयो । गुणस्तरमा समानता ल्याउने गरी शिक्षामा ठोस सुधार भएन । गरिबले न पौष्टिक खानेकुरा खान पाए न त गुणस्तरीय स्वास्थ्य सेवा । निजी अस्पतालबाट सेवा लिँदा कति यस्ता घरपरिवारको आर्थिक ढाड सेकियो । अन्य सार्वजनिक सेवामा पनि बिचौलियाको प्रवेशले परिमाण र गुणस्तरमा कमजोरी देखिए र सुशासन हराउँदै गएको महसुस भयो । नतिजा दिन नसक्ने बुढो पुस्ताले राजनीतिबाट सन्न्यास नलिँदा युवाको सहभागिता र आवाजले राजनीतिमा पाउनैपर्ने स्थान पाउन सकेन । यसले गर्दा शासनमा युवाको उपस्थिति सशक्त हुन सकेन ।
यी सबैको परिणाम थियो जेनजी आन्दोलन । इन्टरनेटसित अभ्यस्त रहेको युवापुस्ताको अपेक्षा बुढो पुस्ताको बाहुल्य रहेको शासन ्रणालीले पूरा गर्न नसक्दा नै आन्दोलनको पृष्ठभूमि तयार हुँदै गएको थियो । यसको आकलन बुढो पुस्ताले गर्न नसकेको देखियो । स्थिर राजनीति र सरकार नहुँदा नेतामा दूरदर्शिता भएन । समस्यालाई टालटुल गर्ने वा अल्पकालीन सोचले समाधान गर्न खोज्ने प्रयास मात्र गरियो । केही युवामा दलगत चेतना भर्ने काम दलले गरे पनि उनीहरूमा देशभक्ति, बौद्धिकता, ज्ञानको खोजीमा लालायित हुने र आध्यात्मिक चेतना भर्ने काम हुन सकेन । युवाको पहिचान र महिमा बुझ्न नसकेको राजनीतिक र प्रशासनिक नेतृत्वले युवाको आवाजलाई कुल्चिने काम मात्र गरिरह्यो । विगतमा उमेरगत हिसाबले गरिएको चुनावको टिकट वितरण, सरकारमा हुने गरेको युवाको प्रतिनिधित्व र मुलुकको बजेट विनियोजनलाई थोरै मात्र विश्लेषण गरेमा पनि बुढाहरूले युवामाथि गरेको शासन र नियन्त्रणको तस्बिर स्पष्ट हुन्छ । युवाहरू लाभान्वित हुने शिक्षा र रोजगारी सिर्जनामा उल्लेख्य लगानी नगरी कमिसन आउने भौतिक पूर्वाधार विकासका आयोजनामा तुलनात्मक रूपले अधिक बजेट विनियोजन गर्नुले पनि युवामा व्यापक असन्तुष्टि बढेको हो । सायद मुलुकको कुशासनको जाँतोमा सबभन्दा धेरै पिल्सिएको समूह युवा नै होला । समग्रमा बहुदलकालमा पनि युवामा आशाको उज्यालो भर्ने र उनीहरूमा रहेको असीमित सम्भावनालाई प्रस्फुटन गर्ने वातावरण तयार गर्ने काम भएन । सरकारका एक जना सचिवले नेपालमा सचिव भएर बस्नुभन्दा बेलैमा बिदेसिएको भए ठिक हुने रहेछ भन्नुले पनि देशमा युवाको भविष्य के रहेछ भन्ने स्पष्ट हुन्छ ।
अब जेनजी आन्दोलनको सन्देश बुझेर अगाडि बढ्नुको विकल्प छैन । पहिलो काम सार्वजनिक शिक्षाको गुणस्तरमा गहन सुधार ल्याउन लगानी बढाउनु जरुरी छ । युवालाई यस्तो शिक्षा चाहियो जसले उनीहरूको शारीरिक, मानसिक, प्राविधिक, नैतिक र आध्यात्मिक आयामको एकीकृत तवरले विकास गर्न सकोस् । उनीहरूले आफूले आफैँलाई, देशलाई, समाजलाई, विश्वलाई र समग्र ब्रह्माण्डलाई जान्न, पहिचान गर्न र आत्मसात् गर्न सकून । कुनै वादको पछाडि लागेर झोले नबनून्, हावामा नहिँडून् । अधिकार र कर्तव्यप्रति सचेत रहँदै आफ्नो जीवनको लक्ष्य निर्धारण गरी प्राप्त गर्न सक्ने आत्मज्ञानी बन्न सकून् ।
सदाचार र नैतिकताप्रति निष्ठावान् रहेर विश्वकै जिम्मेवार र सक्षम नागरिकका रूपमा देश र समग्र जगत् कल्याणका काममा आफूलाई समर्पित गरी यसै जन्ममा परमधाम प्राप्त गर्न सक्ने बनून् । छिमेकी भारतको शिक्षा नीतिले यी विषयलाई महŒवपूर्ण स्थान प्रदान गरेको छ । यसका लागि प्रारम्भिक बाल विकास शिक्षादेखि नै सरकारको लगानी बढाउनु आवश्यक छ । शिक्षाले सक्षम युवा बनाउँछ र युवाले देश बनाउँछ भन्ने कटु सत्यलाई आत्मसात् गरी नीति तथा कार्यव्रmम तर्जुमा र कार्यान्वयन गरिनु पर्छ ।
अन्त्यमा युवाशक्ति नै देश विकासको शक्ति भएकाले शिक्षा, राजनीति, अर्थतन्त्र र समाजका सबै क्षेत्रमा युवालाई उचित स्थान प्रदान गर्नु जरुरी छ । विगतमा यस्तो नगर्दाको अलिकति परिणाम जेनजी आन्दोलनमार्फत प्रकट भएको छ । मुलुकको राजनीति र प्रशासनले अझै पनि युवा पुस्ताको विकास र परिचालनमा यथेष्ट ध्यान दिन नसक्ने हो भने मुलुकको विकासले उल्टो दिशा तय गर्ने देखिन्छ । युवाले पनि आफँैभित्रको दिव्य चेतनायुक्त शक्तिको पहिचान गरी बाह्य प्रभावबिना आफ्नो कर्तव्य र अधिकारप्रति सचेत रहँदै देश बनाउन आवश्यक पर्ने परिवर्तन तथा रूपान्तरण ल्याउने कठोर अनुशासित, सङ्घर्षशील र रचनात्मक सुकर्मतर्फ लाग्नु आवश्यक छ । अन्याय र कुशासनका पर्खाल ढाल्दै अवसरका ढोका खोल्ने काममा उनीहरू अटुट र लोकतान्त्रिक तवरले डट्नु पर्छ । नवीन चेतना र ऊर्जारहित बुढो पुस्ताले पुरानो पातले नयाँ पातलाई स्थान दिनका लागि रुखबाट झरे झैँ सन्न्यासको मार्ग लिनु जरुरी छ । सबैलाई चेतना भया !